नियम २०
क्रेडिट वा डेविट नोट
(१) दर्ता भएको व्यक्तिले आपूर्ति गरेको वस्तु वा सेवाको मूल्यमा परिवर्तन भई क्रेडिट वा डेविट नोट जारी गर्नु परेमा त्यस्तो नोटमा स्पष्टसँग क्रेडिट वा डेविट नोट लेखी देहायका कुराहरू समेत खुलाउनु पर्नेछः–
(क) क्रमागत संख्या,
(ख) जारी भएको मिति,
(ग) आपूर्तिकर्ताको नाम, ठेगाना र दर्ता नम्बर,
(घ) प्रापकको नाम, ठेगाना र निज दर्ता भएको व्यक्ति भएमा दर्ता नम्बर,
(ङ) कारोबारसँग सम्बन्धित कर बिजकको संख्या र मिति,
(च) वस्तु वा सेवाको विवरण र क्रेडिट वा डेविटको कारण,
(छ) क्रेडिट वा डेविट भएको रकम,
(ज) क्रेडिट वा डेविट भएको करको रकम ।
(२) दर्ता भएको करदाताले उपनियम (१) बमोजिमको क्रेडिट वा डेविट नोटको मासिक लेखा राख्नु पर्नेछ ।